Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एशिया कप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दूवईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपालीसमयअनुसार बेलुका सवा ५ बजे सुरु हुनेछ ।

यसअघि आइतबार भएको खेलमा हङकङ पाकिस्तानसँग ८ विकेटले पराजित भयो । एसिया कप छनोटमा शीर्ष स्थानमा रहेर एसिया कपमा सहभागिता जनाएको हङकङका ब्याट्सम्यानले टेष्ट क्रिकेट खेल्ने बलर अघि गतिलो रन बनाउन सकेनन् ।

दूवईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले १ सय १६ रन बनाएको थियो । अजिज खानले २७, बाबर हायतले २६, अंशुमन रथले १९ र निजकात खानले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् ।

हङकङलाई सस्तैमा समेट्न उसमान खानले ३ तथा हसन अलि र शाहब खानले दुई–दुई विकेट लिए । १ सय १७ रनको झिनो लक्ष्य पाएको पाकिस्तानले २३ दशमलब ४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा ओपनर इमामले अर्धशतक बनाएका थिए ।

तपाईको प्रतिक्रिया