Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – बीसीसीआईको आयोजनामा लखनउमा भइरहेको यू-१९ क्वाड्राङगुलर एकदिवसीय सिरिजकोमा नेपालले लगातार दोस्रो खेलमा हार बेहोरेको छ । अाज भएको खेलमा नेपालले भारतको ए टिमसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य भारतले २४.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि वाई भि राथोडले नटआउट ५९ रन बनाए । यस्तै कप्तान अनुज रावतले ४७ रनको योगदान गरे भने प्रवसिमरन सिंह ४६ रनमा नटआउट रहे । नेपालको लागि कमल सिंह ऐरी र पवन सराफले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । नेपालको लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए ।

सन्दीपकै अर्धशतक तथा ‌ओपनर तृत राज दासको ४६ रन मद्दतमा नेपालले इनिङ्स उकासेको हो । २३ ओभरमा ३ विकेट गुमाएको अवस्थानमा तृत र सन्दिपले चौथो विकेटका लागि ६९ रनको सेझदारी गरे । तृत आउट भएपछि सन्दिपले पाँचौ विकेटका लागि भिम शार्कीसँग ५१ रनको साझेदारी गरे । नेपालको लागि सन्दिपले ९३ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६६ रन बनाए । तृत राजले ४६ तथा भिम शार्कीले २८ रन जोडे । यी तीन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।

नेपाललाई अलआउट गर्न भारतका वाई डी मङ्गवानी र अजय देव गौउडले ४-४ विकेट लिए । नेपाल पहिलो खेलमा भारतको बी टिमसँग ४० रनले पराजित भएको थियो। नेपालले तेस्रो खेल बगामी आइतवार अफगानिस्तानको ए टिमसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया