Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दै उपाधि जित्ने नेपालको सपना माल्दिभ्सले चकनाचुर पारिदिएको छ । समूह चरणमा उत्कृष्ट पुनरागमन गरेको नेपाल बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा माल्दिभ्स सामु निरिह बन्यो ।

वर्षा र थण्डर स्ट्रोमले प्रभावित बनेको खेलमा नेपाल ३-० को लजजासपद हारसहित सेमिफाइनलबाटै बाहिरिएको हो । पाँच पटक सेमिफाइनल खेलेपद्दि नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । समूह चरणका कुनै गोल नै नगरी भाग्यमानी बनेर सेमिफाइनल पुगेको माल्दिभ्सले खेलको सुरुवात देखि नै नेपाल विरुद्ध राम्रो खेलेको थियो । खेलको पहिलो हाफमा एक गोल गरेको माल्दिभ्सले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा खेलको नवौँ मिनेटमै कप्तान अक्राम घानीले फ्रिकिकमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । वर्षा र थण्डर एण्ड लाइटनिङका कारण २७औँ मिनेट चलिरहँदा खेल करिब २० मिनेटका लागि रोकिएको थियो । इब्राहिम हसिद अहेमदले ८४औँ र ८६औँ मिनेटमा गोल गर्दै माल्दिभसलाई ३-० को जित दिलाए ।

प्रतियोगितामा माल्दिभ्सको यो पहिलो जित समेत हो । समूह चरणमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको माल्दिभ्स दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो ।  श्रीलंकासँग समान अंक भएपछि टस जितेर माल्दिभ्स सेमिफाइनल पुगेको हो । माल्दिभ्सले अहिलेसम्म सहभागिता जनाएको सबै १० संस्करण नै सेमिफाइनल खेलेको छ । माल्दिभ्सले अब फाइनलमा आजै हुने भारत र पाकिस्तानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया