Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – जापानकी खेलाडी नाओमी ओसाकाले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छन् ।

अमेरिकाको न्यूयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्ड स्लाम युएस ओपनको महिला एकलतर्फको फाइनलमा दावेदार सेरेना विलियम्सलाई हराउँदै ओसाकाले पहिलो पटक ग्राण्ड स्लाम उपाधि जितेकी हुन् ।

सेरेना विरुद्धको खेल ओसाकाले ६–२ र ६–४ को सोझो सेटमा जितिन् । खेलमा अम्पायर कार्लोस रामोससँग रिसाएकी सेरेनालाई पेनाल्टी समेत गराइएको थियो । क्रुद्ध बनेकी सेरेनाले अम्पायर रामोसलाई चोर भन्दै गाली गरेपछि स्थिति असहज बनेको थियो ।

खेल सकिएपछि सेरेनाले अम्पायससँग हात मिलाउनसमेत अस्वीकार गरेकी थिईन् । उता सेरेनालाई हराउँदै उपाधि जितेकी नाओमी ओसाका ग्राण्ड स्लाम टेनिसको उपाधि जित्ने पहिलो जापानी महिला बनेकी छन् ।

युएस ओपनको पुरुषतर्फ उपाधिका लागि सर्वियाका नोभाक जोकोभिच र अर्जेन्टिनाका हुँवा मार्टीन डेल पोट्रो भिड्नेछन् । सेमिफाइनलमा स्पेनका रफाईल नदाललाई हराउँदै डेल पोट्रो तथा जापानका केई निशिकोरीलाई हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया