Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत शनिवार भएको समूह ए को खेलमा पाकिस्तानले भुटानलाई ३-० ले पराजित गरेको छ । पाकिस्तानको लागि मोहम्मद रियाज, हसन बसिर र फहिमले गोल गरे । समूहमा दुई खेल जितेपछि पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ ।

समूहमा दोस्रो जित हात पारेको पाकिस्तानले ६ अंक जोडेको छ।  दुई खेल खेलेको आयोजक बंगलादेशको ६ अंक नै छ । आजै समूह ए अन्तर्गत नेपालले आयोजक बंगलादेशसँग आज ६:४५ बजे खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल बराबरी भए बंगलादेश समूह विजेता र पाकिस्तान समूह उपविजेता हुँदै सेमिफाइनल पुग्नेछ । नेपालले बंगलादेशलाई पराजित गरेको खण्डमा भने तीन वटै ६ोलीको समान ६ अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक हुनेछ ।

यसअघिको दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको नेपालको ३ अंक मात्र छ र अब सेमिफाइनल पुग्न नेपालले बंगलादेशलाई पराजित गर्नैपर्ने बाध्यता रहेको छ ।  हिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । लगातार ३ खेल हार्दै अंकविहिन रहेको भुटान भने समूह चरणबाट बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया