Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – भारतमा हुने चार टिम सम्मिलित यू-१९ क्रिकेट प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा नेपालले अाज १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यसअघि कोलकाताको इडेन गार्डेन र अर्को खेल स्थलमा हुने भनिएको प्रतियोगिता लखनउमा हुनेछ । त्यसका लागि नेपाली टोली सोमबार भारत लाग्नेछ ।

छनोट भएका खेलाडीहरूमा आशिफ बाहेक तृतराज दास, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भिम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद शम्साद अलाम छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधि अमिनुल इस्लाम नेतृत्वमा नेपाली यू–१९ का मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई, राजु खड्का सम्मिलित छनोट समितिले खेलाडी छनोट गरेको हो ।

नेपालले चार टिम सम्मिलित प्रतियोगितामा भारत, भारत ‘ए’ र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया