Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – पाकिस्तानलाई हराउँदै बंगलादेशले साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

तोपु बर्मानको दोस्रो हाफको गोल निर्णयक बन्दा बंगलादेशले पाकिस्तानमाथि १–० को जित दर्ता गरायो । प्रतिष्पर्धात्मक खेलमा बंगलादेशले पाकिस्तानको पोस्टमा धेरैपटक प्रहार गरेको थियो । तर पाकिस्तानको बलियो रक्षापंक्तिले गोल हुन पाएन ।

नियमित समय सकिन पाँच मिनेट बाँकी हुँदा बंगलादेशले अग्रता लियो । त्यही अग्रता जोगाउँदै बंगलादेशले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

समूहमा नेपाल र पाकिस्तानको ३–३ अंक छ भने बंगलादेशको ६ अंक भएको छ । भुटान भने अहिलेसम्म अंकविहीन छ । तर पनि यो समूहमा सबै टिमको सेमिफाइनलको सम्भावना छ ।

सेमिफाइनल पुग्नका लागि अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराउनै पर्नेछ । पाकिस्तान भुटानसँग पराजित भएको खण्डमा भने नेपालले बंगलादेशलाई बराबरीमै रोके पनि पर्याप्त हुनेछ ।

तपाईको प्रतिक्रिया