Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – अमेरीकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । २४ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले चेक गणतन्त्रकी कालोलिना प्लिस्कोभालाई हराउँदै अन्तिम चारमा स्थान बनाइन् ।

न्युयोर्कमा भएको खेलमा ३६ वर्षीया सेरेनाले उत्कृष्ट प्रदर्शन गर्दै कारोलिनालाई दुई सेटमा हराइन् । लगातार नवाैँ पटक यूएस ओपनको सेमिफाइनलमा पुगेकी सरेरेनाले आठौ बरियताकी कारोलिनालाई ६–४ र ६–३ को सेटमा हराइन् ।

अहिले विश्व बरियतामा १७ औं स्थानमा रहेकी सेरेना बच्चाकी आमा बजेपछि पहिलो ग्राण्डस्लाम जित्ने लक्ष्यमा छिन् । अब सेमिफाइनलमा उनले अनास्तासिजासँग खेल्नेछिन् । उनले साविक विजेता स्टेफेन्सलाई हराउँदै सेमिफाइनलमा पुगेकी हुन् ।

तपाईको प्रतिक्रिया