Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ । नेपालको लगातार विकेट गैरहेको छ । नेपालले सातौँ विकेट पनि गुमाएको छ । सातौँ विकेटका रुपमा सोमपाल कामी बाहिरिए । २४ अाेभरकाे खेल चलिरहँदा नेपालले ७ विकेट गुमाएर जम्मा ६३ रन बनाएकाे छ ।

नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट भएका थिए । नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । तेस्रो विकेटमा अनिलकुमार साह १५ रन बनाएर आउट भए । चैथोमा ज्ञानेन्द्र मल्ल, पाँचौ विकेटमा दीपेन्द्र सिंह ऐरी, छैटौँ विकेटमा सागर पुन आउट भए ।

फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जित पर्याप्त हुने छैन । आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराएर मात्र पुग्नेछैन यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया