काठमाडौं – भारतका चर्चित ब्याट्सम्यान विराट कोहलीले महेन्द्र सिंह धोनीलाई पछि पार्दै सबैभन्दा धेरै ४ हजार रन बनाउने कप्तानको रेकर्ड राखेका छन् ।
यसअघि ६० टेस्टको कप्तानी सम्हालेका महेन्द्र सिंह धोनीले ३ हजार ४५४ रन बनाएका थिए । तर, कोहलीले ६५ खेलबाट ४ हजार रन बनाउन सफल भए । कोहली कप्तानको रुपमा ४ हजार रन बनाउने पहिलो भारतीय खेलाडी हुन् ।
विराटका साथै दक्षिण अफ्रिकाका ग्रीम स्मिथ, अष्ट्रेलियाका एलन बोर्डर, रिकी पोन्टिङ र ग्रेग च्यापल, वेष्ट इन्डिजका क्लाइब लायड र ब्रायन लारा, न्यूजिल्याण्डका स्टीफेन फ्लेमिङ, इङ्गल्याण्डका एलिस्टर कुक, पाकिस्तानका मिस्बाह उलहकले पनि कप्तानको रुपमा ४ हजार भन्दा बढी रनको रेकर्ड राखिसकेका छन् ।