Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इंग्ल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान एलेस्टर कुकले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३३ बर्षे बाँया हाते ब्याट्सम्यान कुकले सबै किसिमको खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका हुन् ।

इंग्ल्याण्डका सर्वा्धिक रनकर्ता कुकले भारतविरुद्धको टेष्ट श्रृखंला सकिएपछि खेलाडी जिवन त्याग्ने बताएका छन् । राष्ट्रिय टिमबाट एक सय ६० टेष्ट खेलेका कुकले १२ हजार २५४ रन बनाएका छन् । जसमा ३२ वटा सतक रहेका छन् ।

कुनै समय टेष्ट क्रिकेटमा सचिनको कीर्तिमान तोड्ने खेलाडीका रुपमा हेरिएका कुकले आफूले राष्ट्रका लागि गर्नसक्ने जति गरेको बताएका छन् ।टेष्ट क्रिकेटमा कुक सर्वा्धिक रन बनाउने सूचीमा छैटौ स्थानमा रहेका छन । तर उनी यो बर्ष खासै राम्रो फर्म रहन सकेन । यो बर्ष खेलेका खेलमा उनको एभरेज मात्र १८ दशमलव ६२ मात्र छ ।

यस्तै एक दिवसीयमा उनले ९२ खेलमा तीन हजार दुई सय चार रन बनाएका छन । तर उनले २०१४ पछि एकदिवसिय खेल खेलेका छैनन् ।

तपाईको प्रतिक्रिया