Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – २० वर्षपछि एसियन गेम्स (एसियाड) मा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई राखष्ट्रिय खेलकुद परिषद्ले नगदसहित सम्मान गरेको छ । इन्डोनेसियामा भएको १८औँ एसियाडअन्तर्गत प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको नेपाली खेलाडीलाई अाज नगर परिक्रमा गराएपछि सम्मान गरिएको हो ।

राखेपले राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । पुरुष प्याराग्लाइडिङ टिममा रहेका विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ, विशाल थापा सहित प्रशिक्षकहरुलाई राखेपले नगद र सम्मानपत्र प्रदान गरेको हो । पाँच खेलाडीले नगद ५-५ लाखको चेक पाए । यस्तै मुख्य प्रशिक्षक योगश भट्टराईले ३ तथा सहायक प्रशिक्षक सानुबाबु सुनुवारले १ लाख ५० हजारको चेक पाए । रजत पदक दिलाउन खेलको संघ नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघलाई नगद ५ लाखको चेक प्रदान गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री जगत सुनार विक, संघिय सांसद तथा ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राखेपका सदस्यसचिव केशव कुमार विष्टलगायतले खेलाडी र पदाधिकारीलाई सम्मान गर्नुभयो । राखेपले यसअघि नै घोषणा गरेको पुरस्कार बमोजिम नै खेलाडीलाई सम्मान गरेको हो । इन्डोनेसियाको जकार्ता पालेम्बाङमा भएको एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएपनि प्याराग्लाइडिङमा मात्र नेपालले पदक जित्न सक्यो ।

प्याराग्लाइडिङमा नेपाललाई रजत दिलाउने पुरुष टिमका लिडर विमल अधिकारीले विपदेशमा नेपालको झण्डा बोकेर जान जाउ एकदमै गर्व लाग्ने बताउनुभयाे । उहाँले उक्त पदक सम्पूर्ण नेपालीलाई डेडिकेट गरेको समेत बताउनुभयाे ।

तपाईको प्रतिक्रिया