Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा वार्टफोर्डले लगातार चौथो जित हात पारेको छ । गएराति भएको खेलमा बलियो मानिएको टोनटह्याम हट्सपरलाई २–१ ले पराजित गर्दै वार्टफोर्डले विजयी यात्रालाई निरन्तता दिएको हो ।

पहिलो हाफ गोलरहीत बराबरी भएको खेलको दोस्रो हाफको ५३ औं मिनेटमा वार्टफोर्डले आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो । तर खेलको ६९ औं र ७६ औं मिनेटमा लगातार दुई गोल गर्दै वार्डफोर्डले जित निश्चित गरेको हो ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल पनि विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडले वर्न्लेलाई २–० ले पराजित गर्दा आर्सनलले नवप्रवेशी कार्डिफ सिटीलाई संघर्षपूर्ण रुपमा ३–२ ले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया