Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – अमेरीकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

पुरुष तर्फ स्पेनीस खेलाडी रफायल नाडालले पनि अन्तिम आठको यात्रा पक्का गरे । न्युयोर्कमा भएको खेलमा ६ पटककी च्याम्पियन सेरेनाले कैइया कानेपीलाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा हराइन् ।

करियरको २४ औं उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेनाले ४४ औं बरियताकी कानेपी विरुद्ध पहिलो सेट ६–० ले जिते पनि दोस्रो सेट चार छ ले गुमाउन पुगिन् । तर तेस्रो तथा अन्तिम सेटमा राम्रो लयमा फर्कदै सेरेनाले ६–३ ले जितिन् र क्वाटरफाइनलको टिकट काटिन् ।

पुरुषतर्फ विश्व नम्बर एक नाडालले जर्जियाका निकोलोजमाथि चार सेटको संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरे । तीन घण्टा २० मिनेटसम्म चलेको खेलमा नाडालले पहिलो सेट ६–३ ले जिते भने दोस्रो सेटपनि ६–३ ले नै आफ्नो पक्षमा पारे ।

तेस्रो सेट टाइब्रेकरमा ६–७ ले गुमाएका नाडालले चौथो सेट ६–४ ले जित्दै क्वाटरफाइनलमा पुगे । अब क्वाटरफाइनलमा नाडालले डोमिनिक थिमसँग खेल्नेछन् ।

तपाईको प्रतिक्रिया