Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – एसिया कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई १ सय ८९ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन जोडेको थियो ।

मलेसियाको बायुमास ओभल मैदानमा अाज भएको खेलमा नेपालका लागि आरिफ शेखले नट आउट ६४ रन र दीपेन्द्रसिंह ऐरीले ५४ रनको योगदान दिए । यी दुई खेलाडीले छैटौं विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले राम्रो योगफल खडा गरेको हो । आज बिहान नेपाली समयअनुसार सवा ७ बजे खेल हुनुपर्ने भएपनि वर्षाका कारण केहीबेर ढिला भएको थियो। मलेसियाले टस जितेर फिल्डिङ रोजेको थियो । खेल ३०-३० ओभरमा छोट्याइएको थियो ।

नेपालले यसअघि खेलेका दुवै खेलमा हार व्यहोरिसकेको छ । आज मलेसियालाई हराउँदै एसिया कप छनौटको फाइनलमा पुग्ने आशा जिवितै राख्नुपर्ने दबाबमा नेपाल छ । छनौट खेलको विजेताले एसिया कप खेल्न पाउनेछ ।

तपाईको प्रतिक्रिया