Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसिया कप छनोट छनोट अन्तर्गत केहिबेरमा नेपालले मलेसियासँग खेल्दैछ ।

सुरूवाती दुर्इ खेलमा हार ब्यहोरेको नेपालले प्रतियोगिताको फाइनलको आशा जिवित राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाई खेल जित्नै पर्ने दबाव छ ।

अघिल्ला दुई खेलमा एउटै प्लेइङ –११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध केही परिवर्तन हुने सम्भावना पनि छ। ५० ओभरको खेलमा नेपालले मलेसियासँग हारेको छैन। अहिलेसम्म यी दुई टिम ६ पटक खेलेका छन् ।

सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो। यस्तै २०१० को एसीसी ट्रफि एलिटमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो भने २०१२ मा भएको डिभिजन ४ मा नेपालले मलेसियामाथि १० विकेटको जित हात पारेको थियो।

२०१२ कै एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५ विकेटले विजयी भएको थियो।

पछिल्लो पटक नेपालले सन् २०१४ को डिभिजन थ्री मा मलेसियासँग खेलेको थियो। मलेसियामै भएको त्यो खेलमा नेपाल डिएल मेथडमा ३६ रनले विजयी भएको थियो।

तपाईको प्रतिक्रिया