Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – युरोपको सर्वोत्कृष्ट खेलाडीकाे उपाधि क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् ।

उनले याे उपाधि पाउनका लागि युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछि पारे । रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्‍याएका मोड्रीचकाे ठूलाे याेगदान थियाे । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारे माेड्रिचले याे अवार्ड पाउनका लागि ३ सय १३ मत पाएका थिए ।

उनले रोनाल्डोभन्दा ९० मत बढी पाउँदै अवार्ड जिते । प्रिमियर लिगको गोल्डेन बुट विजेता सलाहले १ सय ३४ अंक पाए । सर्वाेत्कृष्ट खेलाडी चुन्नका लागि युरोपका ८० क्लब प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारकाे मत गनिएकाे थियाे ।

तपाईको प्रतिक्रिया