Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटवल प्रतियोगीतामा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ ।

आजको पहिलो सेमिफाइनलमा झापाको रेड स्टार क्लब र सुनसरीको राष्ट्रिय जागृती क्लब इटहरी आमने–सामने  हुँदैछन् ।   हिजो सम्पन्न अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब काठमाण्डौं विजयी भएको थियाे ।

उसले  एम्ब्रीयो क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गरेको हो  ।  चर्चब्वाईले भोलि न्यू स्टार क्लव झापासँग खेल्नुपर्ने छ । फाइनल खेल पर्सी हुनेछ । यो बर्षको उपाधि बिजेताले ३ लाख र उप बिजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया