Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – जिम्बावेका अलराउन्डर सिकन्दर राजा एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटका लागि काठमाडौं किङसबाट  खेल्ने भएका छन् । काठमाडौंले अाज एक विज्ञप्ति प्रकाशन गरी दोस्रो संस्करणको इपीएल क्रिकेटमा काठमाडौं किङसबाट अनुबन्ध गरेको जानकारी दिएको हो ।

आगामी नोभेम्बर तेस्रो साता काठमाडौंमा हुने इपीएलमा काठमाडौंले तेस्रो विदेशी खेलाडीको रुपमा राजालाई अनुबन्ध गरेको हो । यद्यपी काठमाडौंले राजासँगको अनुबन्ध रकमबारे खुलाएको छैन । यसअघि काठमाडौंले आयरल्याण्डका केभिन ओ ब्रुएन र युएईका कप्तान रोहन मुस्तफालाई भित्र्याईसकेको छ । राजाको अनुबन्धसँगै काठमाडौंको विदेशी खेलाडीको कोटा पुरा गरेको छ । इपीएलमा ३ जना विदेशी खेलाडी राख्न पाउने नियम छ ।

जिम्बावेबाट ८५ एकदिवसीय, १० टेष्ट र २० टी-ट्वान्टी खेल खेलिसकेका सिकन्दर विश्वकप छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका थिए । दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते स्पिन बलरसमेत रहेका राजा स्किल र दिमाग भएका क्रिकेटरका रूपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया