Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

जकार्ता –  इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)मा पाराग्लाइडिङतर्फ क्रसकन्ट्रीको तेस्रो चरणको खेल सकिँदा नेपालको पुरुष टोली अंकतालिकाको चौथो स्थानमा झरेको छ ।आइतबार दोस्रो चरणको अन्त्यसम्म तेस्रो स्थानमा रहेको नेपाल सोमबार एक स्थान तल झरेको हो ।

सोमबार २८ सय ४४ अंक स्कोर गरेको नेपाल समग्रमा तेस्रो स्थानको दक्षिण कोरियाभन्दा १५ अंकलेमात्रै पछि छ । समग्र अंकतालिकामा नेपालको ५७ सय ९३ अंक छ भने कोरियाको ५८ सय ८ अंक छ । ६ हजार ६१ अंक जोडेको जापान दोस्रो स्थानमा रहँदा आयोजक इन्डोनेसिया ६३ सय ८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

पाराग्लाइडिङ क्रसकन्ट्रीको महिला विधामा नेपाल छैटौं स्थानमा छ । पुरुष तथा महिला दुवै विधामा ५ चरणका खेलहरु हुनेछन् । पुरुषतर्फ नेपालका विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी छन् । महिलातर्फ नेपालका प्रतिभा भुजेल, ट्रिसा बोम्जन र सविता तामाङले प्रतिस्पर्धा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया