Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अाज बिराज महर्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीको मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोट गरेको नेपाली टोलीमा निराजन खड्का र सुमन अर्याल टिममा स्थान बनाउन सफल भएका छन् । जर्ज प्रिन्स कार्की र कमल श्रेष्ठ भने टिममा पर्न सकेनन् । २९ सदस्यीय टोलीबाट अन्तिम खेलाडीको छनोट गरिएको हो ।  

साफ सुजुकी कप बंगलादेशको ढाकामा सेप्टेम्बर ४ बाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा भुटानसंग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा आयोजक बंगलादेशसंग सेप्टेम्बर ८ खेल्नेछ । सेप्टेम्बर १५ सम्म हुने च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ‘बी’ मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

नेपाली टोली –

गोलकिपर : किरणकुमार लिम्बु, विकेश कुथु र एलन न्यौपाने

डिफेन्समा : दिनेश राजवंशी, देबेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल

मिडफिल्ड : हेमन्त थापा मगर, हेमन गुरुङm विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का

फरवार्ड : भरत खवास, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट

तपाईको प्रतिक्रिया