Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – ताप्लेजुङमा जारी तेश्रो पाथीभरा गोल्डकप फुटबलको दोस्रो क्वार्टरफाईनलमा आज झापाको न्यू स्टार क्लव र ताप्लेजुङको कर्णसिंह सोनाम क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

क्वार्टरफाईनल भिडन्त सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ । कर्णसिंहले फिदिम स्र्पोटिङ क्लबलाई ३–० गोलले हराउँदै क्वार्टरफाईनल यात्रा तय गरेको थियो ।

झापा भने बाई पाएर क्वार्टरफाईनल खेल्न लागेको हो । यसअघि हिजो भएको खेलमा ईलामको रेड हर्स क्लवलाई २–१ गोल अन्तरले हराउँदै झापाको रेड स्टार क्लब प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको थियो । बिजेताले ३ लाख रुपैयाँ हात पार्ने प्रतियोगीतामा १ बिदेशी सहित १० टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया