Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  –  श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र अभ्यास खेल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) मलेसिया प्रस्थान गर्दैछ ।

बुधबारबाट आयोजना हुने एसिया कप छनोटको लागि नेपाली टोली श्रीलंकाबाटै मलेसिया जानेछन् । क्यारेबियन प्रिमियर लिगमा व्यस्त नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने भने मंगलबार मलेसिया आईपुग्ने छन् ।

एसिया कप छनोटको लागि नेपालले श्रीलंकामा तीन अभ्यास खेल खेलेको थियो । नेपालले तीनै अभ्यास खेल जितेको थियो । श्रीलंकाको फस्ट क्लास क्लब श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई हराएको नेपाल उच्च मनोवलका साथ मलेसिया प्रस्थान गरेको हो । नेपाल एसिया कप छनोट हुने लक्ष्यमा रहेको छ ।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल बुधबार बायुमास ओभलमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल बिहिबार किनरारा ओभलमा हुनेछ ।

नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग शनिबार खेल्ने छ । त्यस्तै अर्को साताको आइतबार सिंगापुरसंग खेल्ने नेपालले मंगलबार हङकङसंग खेल्ने छ । राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन्  ।

एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।

छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।

तपाईको प्रतिक्रिया