Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – एसियाली खेलकुदको भारोत्तोलनतर्फ नेपालकी तारादेवी पुनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । जाकार्तास्थित जेआई एक्स्पो हलमा आज भएको महिला ७५ केजी तौल समूहको प्रतिश्पर्धामा तारादेवीले स्न्याचतर्फ ७४ र क्लिन एण्ड जर्कतर्फ १०१ केजी भार उठाएर कुल १७५ केजीको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यो तौलसमूहमा पुरानो राष्ट्रिय कीर्तिमान पनि तारादेवीकै नाममा थियो । तारादेवीले गत जेठ २९ गते नेपालगञ्जमा भएको एसियाली खेलकुदको छनौटका क्रममा स्न्याचमा ७३ केजी तथा क्लीन एण्ड जर्कमा ९७ केजी उठाउँदै कुल १७० केजीको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । आजको खेलसँगै भारोत्तोलनतर्फ नेपालका सबै ४ खेलाडीको खेल सकिएको छ ।

नेपालका सञ्जु चौधरी, कमल बहादुर अधिकारी र तारा देवी पुनले राष्ट्रिय कीर्तिमान बनाएका छन् । इन्डोनेसियामा जारी १८ औं एसियाडमा नेपालका यिनै तीन खेलाडीले मात्रै अहिलेसम्म राष्ट्रिय कीर्तिमान बनाउन सकेका छन् ।

तपाईको प्रतिक्रिया