Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – मलेसियामा हुने एसीसी एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ । अाज भएको दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डकवर्थ लुविस पद्दतिको आधारमा १ सय ७६ रनले हराउँदै दोस्रो जित निकालेको हो ।

नेपालले दिएको ३२४ रनको बिशाल लक्ष्य पछ्याएको घरेलु टोली ब्लुमफिल्ड क्लबले जवाफी ब्याटिङ गरिरहँदा खराब प्रकाशको कारण खेल रोकिएको थियो । खेल रोकिनुअघि ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाएको थियो । उसका लागि सनोज धर्शैकाले ३८, सचीन जयवर्द्धनेले ३० तथा कुसन एकनायके र सेशन फर्नान्डोले समान १६/१६ रन जोडे  । नेपालका सागर पुनले ३ विकेट लिए। त्यस्तै ललितस भण्डारीले २ तथा बसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान १/१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । उनले ९६ बलमा १ सय २१ रन बनाएका थिए । यस्तै सागर पुनले ९२ रनको योगदान दिए भने कप्तान पारस खड्काले २३, करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए। ब्लुमफिल्डका लाहिरू सन्जयले २ विकेट लिए । अब अन्तिम अभ्यास खेल आइतबार कोल्ट्ससँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया