Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह डी अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल दक्षिण कोरियासँग ३-० को सेटमा पारजित भए ।

एसियाकै बलियो टोली कोरियाले नेपाललाई २५-१६, २५-१३, २५-१६ को स्कोरमा हरायो । पहिलो खेलमा पनि नेपाल चाइनिज ताइपेईसँग ३-० ले पराजित भएको थियो ।

समूह चरणको दुई खेलमा नेपालले एक सेट पनि जित्न सकेन । सन १९८६ मा पछिल्लो पटक एसियाड भलिबल खेलेको नेपाली पुरुष टोलीले ३२ वर्षपछि एसियाड खेलेको हो ।

तपाईको प्रतिक्रिया