Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसिया कप छनोटको तयारी गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३२४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२३ रन बनायो । श्रीलंकाको फस्ट क्लास क्लब ब्लुमफिल्डविरुद्ध  नेपालका दिपेन्द्र सिंह ऐरीले शतकीय इनिङस खेले । दिपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए । त्यसबाहेक नेपालका कप्तान पारस खड्काले २३ बलमा २३ रन बनाए भने करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए ।  ब्लुमफिल्ड लाहिरु सन्जयले २ विकेट लिए ।

मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा अभ्यास खेल खेलिरहेको हो । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो । ब्लुमफिल्डपछि नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा आइतबार खेल्ने छ ।

तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।

तपाईको प्रतिक्रिया