Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

इन्डोनेसिया – इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोतर्फ नेपाल पदकविहीन बनेको छ ।

तेक्वान्दोका अन्तिम दुई खेलाडी आज पराजित भएसँगै नेपाली खेलकुदको सर्वाधिक सफल खेल तेक्वान्दोमा नेपाल निराश भएको हो । आज भएको पुरुष ६८ केजी मुनीको तौल समुहमा ज्ञानेन्द्र हमालले एक खेल जिते पनि अन्तिम १६ मा पराजित भए । अन्तिम ३२ चरणको खेलमा ज्ञानेन्द्रले भुटानका जिग्मे वाङ्चकलाई ३९–१७ ले हराएका थिए । तर दोस्रो खेलमा उनलाई मलेसियाका रोजामी रोजालीले प्वाईन्ट ग्यापको आधारमा ३०–२ ले पराजित गरे ।

तेक्वान्दोकै महिला ४९ केजी मुनीको तौल समुहमा अस्मिता खड्कालाई ईरानकी खेलाडी नाहिद कियानीचान्देहले प्वाईन्ट ग्यापको आधारमा ४३–४ ले पराजित गरिन् । यो हारसँगै तेक्वान्दोमा नेपालका सबै १४ खेलाडीको यात्रा टुंगिएको छ ।

तपाईको प्रतिक्रिया