Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – ईण्डियाले ईङल्याण्डविरुद्धको बाँकी २ टेष्ट क्रिकेटका लागी १८ बर्षिय पृथ्वी शाह र हनुमा बिहारीलाई टिममा बोलाईएको छ ।

घरेलु टोलीसंगको ५ म्याचको टेष्ट सिरिज अन्तर्गत बाँकी खेलका लागि उनीहरुलाई बोलाईएको हो । अण्डर १९ टोलीबाट ईण्डियाको प्रतिनिधित्व गरेका पृथ्वीले मुरली बिजयको स्थान लिनेछन् । उमेर समुहकै क्रिकेटबाट उदाएका अलराउण्डर बिहारीलाई भने कुलदिप यादवको स्थानमा टीममा बोलाईएको हो ।

खराब फर्ममा रहेका बिजयले पछिल्ला ११ खेलमध्ये ६ खेलमा दोहोरो अंक समेत छुन सकेका छैनन् । टोलीको ब्याटिङ चिन्ता र युवाको उर्जालाई पनि समाबेश गर्न दुई युवा खेलाडिलाई टिममा मौका दिईएको प्रशिक्षक रवि शास्त्रीले बताएका छन् ।

दुबैले ईङ्ल्याण्ड विरुद्ध भदौ १४ गते हुने चौथो टेष्टबाट अन्तराष्ट्रिय टेष्टमा डेब्यु गर्नेछन् । बिजय र यादवको बिग्रदो फर्मले उनीहरुको आगामी भबिश्य नै अन्यौलमा परेको बिश्लेषण भएको छ ।  तेस्रो टेष्टमा २ सय ३ रनको जित निकालेपछि इण्डियाले ईङ्ल्याण्डविरुद्धको ५ म्याचको सिरिज बचाउने आशा जगाएको छ ।

यद्यपि सिरिजमा इण्डिया अझै २–१ ले पछि छ ।

तपाईको प्रतिक्रिया