Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – जकार्तामा जारी १८ औँ एशियाली खेलकुदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । खेलमा नेपाल २५-२३ २५-२१ र २५-१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिनुभयो । हारका ब्यहाेरे पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक भट्टले बताउनुभयो । ‘चाइनिज ताइपेइ हामीभन्दा निकै बलियो टोली हो, हारे पनि हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो ।’एशियाडमा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूदमा सहभागिता जनाएको हो ।

नेपालले भलिबलमा पछिल्लो पटक सन् १९८४ मा दक्षिण कोरियाको सिओलमा आयोजित एशियाडमा सहभागी भएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो । नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज, गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक छन् । प्रशिक्षकमा जगदीश भट्ट, लेस्ली दि जोन्जे र व्यवस्थापकमा भरतबहादुर शाह हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया