Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसियाली खेलकुदको पाराग्लाईडिङमा नेपालको उत्साहजनक प्रदर्शन जारी छ । नेपालले महिला र पुरुषको एकल एक्युरेसी र टिम एक्युरेसीमा पदकको सम्भावना जिवित राखेको छ ।

एकल महिला एक्युरेसीमा पाँचौ राउण्डसम्म आइपुग्दा नेपालकी त्रिशा श्रेठ वोमजन ३ सय ३० स्कोर गर्दै १० औं स्थानमा रहेकी छिन् । यो स्पर्धामा प्रतिभा भुजेल ३ सय ५९ अंकका साथ १६ औं स्थानमा छिन् ।

यसैगरी पुरुष एकल एक्युरेसीमा बिजय गौतम १ सय २२ अंकका साथ १४ औं स्थानमा समेटिँदा सुशील गुरुङ ४० अंकका साथ २५ औ स्थानमा छन् । यसैगरी महिला टिम एक्युरेसीमा १३ सय ९५ अंकका साथ नेपाल चौथो स्थानमा छ ।

यो विधामा नेपालका प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ वमजन र सविता तामाङले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । पुरुष टिम एक्युरेसीमा नेपाल ८ औं स्थानमा रहेको छ । चौथो राउण्डसम्मको खेल सकिँदा नेपाल ३ सय ४७ अंक बटुल्दै ८ औं स्थानमा रहेको छ ।

यस इभेन्टमा बिमल अधिकारी, बिजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र बिशाल थापाले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । पाराग्लाईडिङको व्यक्तिगत एक्युरेसीमा १० राउण्ड तथा टिम एक्युरेसीमा ६ राउण्डको खेल हुन्छ ।

एक्युरेसीका खेल सकिएपछि शुक्रबारबाट क्रस कन्ट्री प्रतिस्पर्धा हुनेछ । नेपालले यो विधामा पदकको आशा गरेको छ ।

तपाईको प्रतिक्रिया