Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम युरोपियन फुटबलको उच्च अवार्ड ‘युईएफए प्रेसिडेन्ट्स अवार्ड’बाट सम्मानित हुने भएका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन ९युईएफए० ले बेकह्यामलाई ‘युईएफए प्रेसिडेन्ट्स अवार्ड’ दिने निर्णय गरेको हो । फुटबलमा पुर्याएको योगदानको कदर गर्दै युईएफएले बेकह्यामलाई यो वर्षको प्रेसिडेन्ट्स अवार्ड दिन लागेको हो ।

युईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले भनेका छन्, ‘सन् २०१८ को युईएफए प्रेसिडेन्ट्स अवार्ड डेभिड बेकह्यामलाई दिने घोषणा गर्न पाउँदा म निकै खुशी भएको छु ।’ प्रेसिडेन्ट्स अवार्ड पाउने भएपछि बेकह्यामले आफूलाई गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् ।

युईएफएले बेकह्यामलाई आगामी अगष्ट ३० मा मोनाकोमा हुने विशेष समारोहकाबीच यो अवार्ड प्रदान गर्ने जनाएको छ । इंग्ल्यान्डमा लिजेण्ड बेकह्यामले इन्ग्लिश टोलीबाट १ सय १५ खेल खेल्दै १५ गोल गरेका छन् ।

४३ वर्षीय बेकह्यामले आफ्नो क्लब करियरमा १० लिग उपाधिसहित १९ ट्रफी जितेका छन् ।

तपाईको प्रतिक्रिया