Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएलमा) नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको शानदार प्रदर्शनले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स ७ विकेटले विजयी भएको छ ।

७० रनको विजयी लक्ष्य पाएको उसले ३ विकेटको क्षतीमा लक्ष्य भेटायो । उसका लागि एभिन लुइसले १३, र ब्रयाण्डन किङले १७ रन बनाए । यस्तै, टोम कोपर शून्य रनमा आउट भए । थोमस ३८ रन र एन्टोन डेबिज ३ रन बनाउँदै नट आउट रहे ।

बलिङमा स्टारका मिचेल म्याक्लुघन र काभेन जोड्जले समान १-१ विकेट लिए । प्रदर्शन आज पनि सन्दिपको प्रदर्शन उत्कृष्ट रह्यो । उनले आज आफ्नो दोस्रो ओभरमा २ विकेट लिएका छन् । २ ओभर बलिङ गर्न पाएका उनले १३ रन खर्च गरेका थिए ।

खेल एसटी लुसिका स्टारबीचसँग भएको थियो । प्याट्रियोट्सको कप्तानी क्रीश गेलले गरेका छन् । भने, स्टारको नेतृत्व किरोन पोलार्डले । टस जितेर फिल्डीङ रोजेको सन्दिपको टिमटले मात्र ७० रनको विजयी लक्ष्य पाएको छ । पोलार्डको टिमले १० ओभरमा सबै किवेट गुमाउँदै मात्र ६९ रन बनायो ।

उसका लागि क्विस अहमदले २४ रन बनाउन बाहेक अरुको प्रदर्शन सम्झन लायक रहेन । सन्दिपको टिमले यसअघि तीन खेलमध्ये २ मा पारजित भएको छ । भने, सन्दिपले ३ खेलमा पाँच विकेट लिएका थिए । उनले आजको खेलसँगै अंक तालिकामा ७ विकेट आफ्नो नाममा लेखाएका छन् ।

तपाईको प्रतिक्रिया