Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) पहिलो अभ्यास खेल खेल्दैछ ।

मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप अघि एक साताको प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली टोलीले आज पहिलो अभ्यास खेल खेल्न लागेको हो । नेपाली टोली सोमबार नै कोलम्बो पुगिसकेको छ ।

नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबसंग उसैको मैदान पानागोडामा प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंका आर्मीबीचको खेल नेपाली समय अनुसार बिहान १०:१५ मा सुरु हुनेछ । खेल ५० ओभरको हुनेछ ।

नेपालले खेल्ने श्रीलंका आर्मी क्लब श्रीलंकाको फस्ट क्लास क्लब हो । आर्मीले सन् २००६ को सिजनबाट फस्ट क्लास लिग प्रिमियर ट्रफी खेल्दै आएको छ । यस टिममा श्रीलंकाबाट टेष्ट, एकदिवसीय र टी-ट्वान्टी खेलिसकेका खेलाडीको बाहुल्यता रहेको छ । तर, नेपालविरुद्ध श्रीलंकाका राष्ट्रिय टोलीका खेलाडीहरु मैदान उत्रने सम्भावना निकै कम छ ।

श्रीलंका आर्मीको कप्तान श्रीलंकाबाट थुप्रै टेष्ट, एकदिवसीय र टी-ट्वान्टी खेलिसकेका अलराउन्डर सिकुगे प्रसन्ना रहेका छन् । यस्तै श्रीलंकन अलराउन्डर असेला गुणारत्ने, श्रीलंकाका लेग स्पिनर अजन्था मेन्डिस पनि यस टिममा रहेका छन् ।

यस्तै नेपालले अगष्ट २४ मा ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा खेल्ने छन् । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।

एसिया कपको लागि नेपालले १५ सदसीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।  नेपाली टोलीमा विनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका छन् ।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन्  ।

एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।

छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।

 नेपाली टोली : कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, अनिल कुमार साह, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल

तपाईको प्रतिक्रिया