Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – एसियाली खेलकुदमा भारत्तोलनतर्फ नेपाली खेलाडी सञ्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । अाज भएको स्पर्धामा महिलाको ५३ केजीमूनि तौल समूहमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् । उनले स्न्याच, क्लिन एण्ड जर्क र कुल गरी तीनै स्पर्धामा कीर्तिमान बनाइन् । यद्यपि उनी १२ राष्ट्र सहभागी स्पर्धाको अन्तिममा रहिन् ।

मंगलबार उनले स्न्याचतर्फ ७२ र क्लिन एण्ड जर्कतर्फ ८६ केजी भार बहन गरी कुल १५८ केजीका साथ नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि गएको जेठमा नेपालगञ्जमा भएको एसियाली खेलकुद छनोट प्रतियोगितामा उनले स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ गरी कुल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् । यस स्पर्धामा घरेलु खेलाडी हिडिलिन डियाजले स्वर्ण पदक जितिन् । उनले स्न्याचतर्फ ९२ तथा क्लिन एण्ड जर्कतर्फ ११५ केजी गरी कुल २०७ केजीका साथ पहिलो भएकी हुन् ।

उनीभन्दा एक केजी कम भार बहन गरेकी तुर्कमेनिस्तानकी क्रिष्टिना सेर्मेतोभाले राजत जितिन् । उनले स्न्याचमा ९३ केजी तथा क्लिन एण्ड जर्कमा ११३ केजी भार बहन गरेकी थिइन् । थाइल्याण्डकी खाम्बाओ सुरोदचानाले २०१ केजी भारसहित कास्य जितिन् । प्रतियोगिता अन्तर्गत बुधबार कमलबहादुर अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया