Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – ईण्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुदको चौथो दिन नेपालले आज विभिन्न ५ खेलका १५ इभेन्टमा सहभागिता जनाउँदैछ । नेपालले आज आर्चरी, कबड्डी, पाराग्लाईडिङ, तेक्बान्दो र उसुका स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।

आर्चरीमा ज्ञानु अवाले, रोशन नगरकोटी, आसिम शेरचन र तिलक पुन मगरले प्रतिस्पर्धा गर्नेछन् । कब्ब्डीको मेन्स टिम ईभेन्टमा नेपालले आज जापानको सामना गर्नेछ । त्यस्तै पाराग्लाईडिङको तेस्रो राउण्डमा नेपालले ब्यक्तिगत तथा टिम ईभेन्टका स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।

तेक्बान्दो अन्तर्गत प्रिक्वाटरफाईनलका खेलमा महिला ६७ केजी तौल समुहमा निशा रावलले चीनियाँ गावो पानसंग प्रतिस्पर्धा गर्नेछिन् । ५७ केजी तौल समुहकमा ज्ञानी चुनराले भुटानी छोडेन ईन्जाङको सामना गर्नेछिन् ।

तेक्बान्दो अन्तर्गतकै पुरुष ८० केजी माथीको तौल समुहमा अनोज पुजारीले काजाकिस्तानका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । उसूको ६० केजी साण्डाको क्वाटरफाईनलमा लुमती श्रेष्ठले थाईल्याण्डकी खेलाडीको सामना गर्नेछिन् ।

तपाईको प्रतिक्रिया