Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – विराट कोहलीको सतकिय पालीसंगै इङल्याण्डविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा इन्डिया बलियो स्थितीमा पुगेको छ । टेन्टब्रिजमा कोहलीले १ सय ३ रन बनाएपछि तेस्रो टेष्टमा इन्डियाले इङल्याण्डसामु ५ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

इङल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको इन्डियाले पहिलो पारीमा ३ सय २९ रन बनाएको थियो । घरेलु टोली पहिलो पारीमा १ सय ६१ रनमा समेटिएपछि इन्डियाले ७ विकेटको क्षतिमा ३ सय ५२ रनमा दाेस्राे पाली समाप्तिको घोषणा गरेको थियो ।

दोस्रो पारीमा कोहलीको शतकसंगै चेतेश्वर पुजाराले ७२ रन बनाएका थिए । हार्दिक पाण्डेया ५२, शिखर धवन ४४, लोकेश राहुल ३६ र आजिक्या रहानेले २९ रन याेगदान दिए ।

५ सय २१ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले तेस्रो दिनको खेल सकिदाँ विना विकेटको क्षतिमा २३ रन बनाएको छ । एलेस्टर कुक ९ र किएटोन जिनिइङ्स १३ रनमा अविजित छन् ।

पाँच म्यानको टेष्ट सिरिजमा घरेलु टोली इङ्ल्याण्ड २-० ले अघि छ ।

तपाईको प्रतिक्रिया