Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  युरोपियन फुटबल महासंघले यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ ।

युरोपियन फुटबल महासंघले गएराति सार्वजनिक गरेको सूचीमा रियल मड्रिडका पूर्व मिडफिल्डर तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोसँगै लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियलका मिडफिल्डर मड्रिचलाई अन्तिम सूचीमा चुनेको छ । युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा तीन खेलाडीको अन्तिम सूची निकालेको हो ।

यो अवार्ड अगष्ट ३० मा च्याम्पियन्स लिगको समूह चरणको ड्र का बेला मोनाकोमा प्रदान गरिनेछ । यस्तै महिलातर्फ पेरनिली हारडेर, अदा हेगरबर्ग र अमान्डाइन हेनरी अन्तिम छनोटमा परेका छन् ।

अहिले ९९ मिलियन पाउण्डमा युभेन्टस गएका रोनाल्डोले गएको वर्षको पुरुष तर्फको अवार्ड जितेका थिए । उनले अहिलेसम्म कुल तीन पटक यो अवार्ड हात पारिसकेका छन् ।

सन् २०११ पछि युईएफले सार्वजनिक गरेको सूचीमा रोनाल्डो प्रत्यक वर्ष छनोटमा परेका छन् । यता मड्रिच विश्वकपको फाइनलमा देशलाई पुर्याउदा उत्कृष्ट प्रदर्शन गर्नुका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि बनेका थिए ।

यसपटक रोनाल्डोलाई उनले उछिन्न सक्ने पनि बताइएको छ । यस्तै सलाहले गएको सिजनको प्रिमियर लिगमा ४४ गोल गर्नुका साथै टिमलाई च्याम्पियन्स लिगको फाइनलमा पनि पुर्‍याएका थिए ।

तपाईको प्रतिक्रिया