Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा लिभरपुलले जितको यात्रालाई कायमै राखेको छ ।

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई दुई शुन्यले हराउँदै लगातार दोस्रो जित निकाल्यो । लण्डनस्थित सेलहस्र्ट पार्कमा भएको खेलमा लिभरपुलको जितमा साडियो माने र जेम्स मिल्नरले एक एक गोल गरे ।

गएको सिजनमा च्याम्पियन बनेको म्यान्चेस्टर सिटीभन्दा २५ अंकले पछि रहेको लिभरपुलले चिरप्रतिद्धन्द्धी क्रिस्टल प्यालेसविरुद्ध खेलको ४५ औं मिनेटमा अग्रता बनायो । लिभरपुलका मोहम्मद सलाहलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई फिलिप मिल्नरले गोलमा परिणत गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिभरपुलविरुद्ध ७५ औं मिनेटमा क्रिस्टल प्यालेस १० खेलाडीमा झर्न पुग्यो । उसका आरोन वान विसाका रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा लिभरपुलले दोस्रो गोल गर्यो । यसपटक उसका लागि साडियो मानेले गोल गर्न सफल भए । क्रिस्टलविरुद्ध मानेले आठ खेलमा छैटौं गोल गर्न सफल भए ।

तपाईको प्रतिक्रिया