Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – ईण्डोनेसियामा जारी १८ औँ  एसियाली खेलकुदको तेस्रो दिन नेपालले आज ६ खेलका बिभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ब्याडमिन्टन, पाराग्लाडिङ, तेक्बान्दो, स्विमिङ, टेनिस र उसुका स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । ब्याडमिन्टन अन्र्तगत मेन्स टिम ईभेन्टको क्वाटरफाईनलमा नेपालले चाईनिज ताईपेईसंग प्रतिस्पर्धा गर्नेछ । नेपाली समयानुसार दिउँसो साढे १ बजे हुने खेलमा जित हात पारे नेपाल कम्तीमा एक पदक नजिक पुग्नेछ ।

प्रिक्बाटरफाईनलमा नेपालले पाकिस्तानलाई ३–१ ले हराउदै क्बाटरफाईनल यात्रा तय गरेको हो । पाराग्लाईडिङको ब्यक्तिगत र टिम ईभेन्टमा पनि नेपालले आज प्रतिस्पर्धा गर्नेछ ।  स्विमिङको स्पर्धामा शिरिष गुरुङ, गौरिका सिंह र टिसा शाक्यले सहभागीता जनाउनेछन् ।

तेक्वान्दो अन्र्तगत पुरुष ५८ केजीमा सागर गुभाजुले भुटानी खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ५३ केजीको प्रिक्बाटरफाईनलमा निमा गुरुङले लेवनानी तथा ६७ केजी समुहमा संगीता नेपालीले फिलिपिन्सकी प्रतिद्धन्दीको सामना गर्नेछिन् ।

टेनिस अन्र्तगत मेन्स डबल्समा संरक्षणभुषण बज्रचार्य र अभिषेक बास्तोलाले भारतीय जोडीसंग प्रतिस्पर्धा गर्नेछन् । वुमन्स डबल्समा माहिका र मायंका राणाले माल्दिभ्सको जोडिसंग खेल्नेछन ।  उसुको मेन्स सान्डा अन्र्तगत ५६ केजी तौल समुहमा पदम बहादुर ठकुल्ला र ६५ केजी तौल समुहमा बिरमान लामाले पनि आजै प्रतिस्पर्धा गर्नेछन् ।

दुबैको प्रतिद्धन्दी लाओसका खेलाडि छन् ।

यसैबिच एसियाडको पदक तालिकामा चीनले शीर्ष स्थान कायमै राखेको छ । ७ स्वर्ण, ५ रजत र ४ कास्यसहित कुल १७ पदक सहित उसले शीर्ष स्थान कायमै राखेको हो ।

पदक तालिकामा ३ स्वर्ण सहित जापान दोस्रो र २ स्वर्ण हात पारेको दक्षिण कोरिया तेस्रो स्थानमा छन् । दक्षिण एसियाको भारतले मात्र पदक तालिकामा प्रतिनिधित्व गरेको छ । उसले हालसम्म १ स्वर्ण र १ कास्य पदक हात पारेको छ ।

तपाईको प्रतिक्रिया