Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इङ्ल्याण्डविरुद्धको तेस्रो टेस्टमा भारतले बलियो पकड बनाएको छ । दोस्रो दिनको खेल सकिँदा भारतले दोस्रो पारिमा १२४ रन जोड्दा २ विकेट गुमाएको छ । ३२९ रनमा अल आउट भएपछि बलिङमा आएको भारतले इङल्याण्डलाई जम्मा ३८.२ ओभर खेल्न दिएर १६१ रनमा समेटेको थियो ।

त्यसपछि १६८ रनको अग्रता लिएको भारतले दोस्रो दिनको खेल सकिँदासम्म २९२ रनको अग्रता बनाएको छ । भारतका चेतेश्वर पुजार ३३ तथा कप्तान विराट कोहली ८ रन बनाएर क्रिजमा छन् । उनीहरुले नै सोमबार तेस्रो दिनको खेल अघि बढाउने छन् । शिखर धवन ४४ तथा लोकेश राहुल ३६ रनमा आउट भएका थिए ।

भारतले इङ्ल्याण्डविरुद्ध पहिलो पारीमा कसिलो बलिङ गरेको थियो । भारतकालागि हार्दिक पाण्ड्याले सर्वा्धिक ५ विकेट लिएपछि इङ्ल्याण्डको पारी धरमराएको थियो । इशान्त शर्मा र जसप्रित बुमराहले दुई दुई विकेट लिँदा अर्को एक विकेट मोहमद शामीको नाममा रह्यो ।

इङ्ल्याण्डले पहिलो पारीमा जोस बट्लरले सर्वाधिक ३९ रन जोड्दा एलेस्टर कुकले २९ रन बनाएका थिए । पहिलो पारीमा भारतका लागि कप्तान विराट कोहलीले उत्कृट पारी खेल्दै ९७ रन बनाएका थिए । यसैगरी अजिंक्या रहानेले ८१ रन जोडेपछि भारतले सम्मानजनक स्कोर बनाएको हो ।

इङ्ल्याण्डका जेम्स एन्डरसन, स्टुवार्ड बोर्ड र क्रिस वेक्सले तीन तीन विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया