Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – इन्डोनेशियामा जारी १८ औं संस्करणको एसियाड अन्तर्गत समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पाकिस्तानसँग पराजित भएको छ । सुरूवाती अग्रता लिएको नेपालले जोगाउन नसक्दा पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित हुन पुग्यो ।

नेपालका लागि रोहित चन्दले सुरूवाती गोल गरेका थिए। पहिलो हाफसम्म १-० ले अघि रहेको नेपालले दोस्रो हाफमा दुई गोल खान पुग्यो । यद्यपी पाकिस्तानविरूद्ध गरेको गोल करिब चार दशक पछि नेपालले एसियाड फुटबलमा गोल गरेको हो । खेलको १२ औं मिनेटमा रोहितले नेपालका लागि गोल गरेका थिए ।

यसअघि एसियाड फुटबलमा नेपालले अन्तिमपटक सन् १९८२ मा गोल  गरेको थियो । एसियाड फुटबलमा त्यो नै नेपालको एकमात्र गोल रहेको छ। त्यतिबेला नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । नेपालले अहिलेसम्म एसियाड फुटबलमा खेलेका सबै १७ खेलमा पराजय भोग्दै ६८ गोल खाएको छ । भने १ गोल मात्र गरेको थियो ।

तपाईको प्रतिक्रिया