Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज (आइतबार) पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणका अघिल्ला दुई खेलमा पराजित नेपाली यू – २३ टोलीले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग खेल्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:३० मा सुरु हुनेछ ।

अघिल्ला दुई खेलमा पराजित नेपाल पाकिस्तानलाई हराएर दोस्रो चरण पुग्ने सम्भावना कायम राख्न चाहन्छ । पाकिस्तानलाई हराएर नेपाल तेस्रो हुने टिममध्ये उत्कृष्ट चारमा रहदै दोस्रो चरण पुग्न चाहन्छ ।

समूह चरणको ६ समूहबाट उत्कृष्ट चार टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । तर, नेपाललाई पाकिस्तानविरुद्ध जित निकाल्न सहज भने हुनेछैन ।  नेपालविरुद्ध मैदान उत्रदा पाकिस्तान पनि जितको खोजीमा हुनेछ ।

नेपाल र पाकिस्तान फुटबलमा नौलो प्रतिद्वन्द्वी भने होईन् । सिनियर टोलीमा नेपालले पाकिस्तानविरुद्ध अहिलेसम्म ५ खेलमा जित निकालेको छ । यस्तै पाँच खेलमा बराबरी खेल्दा पाँच खेल नै हारेको छ ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा जापानसंग १ – ० र भियतनामसंग २ – ० ले पराजित भएको थियो । यो समूहमा नेपाल र पाकिस्तान जितबिहीन रहेको छ । जापान र भियतनाम भने दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया