Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  इन्डोनेसियामा शनिबारबाट सुरु भएको १८ औं संस्करणको एसियन गेम्समा नेपालले आज (आइतबार) ९ खेलमा प्रतिस्पर्धा गर्दैछ  ।

इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा जारी एसियन गेम्सको दोस्रो दिन नेपालले ९ खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि शनिबार जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।

नेपालले आइतबार तेक्वान्दो, कुस्ती, फुटबल र ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षक विभाग निर्देशक एवं अफिसियल रिमबहादुर रानाभाटले जानकारी दिए । यस्तै उसु, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा समेत नेपालले प्रतिस्पर्धा गर्ने रानाभाटले जानकारी गराए ।

आगामी भदौ १७ गतेसम्म हुने एसियन गेम्समा ४५ देशका ११ हजार ५ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने छन् । जसमा  ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेमबाङमा हुनेछ।

नेपालबाट २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल गरी कुल २ सय ८५ जनाको सहभागिता रहेको छ । नेपालबाट १ सय ८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र १ दोभाषे इन्डोनेसिया गएका छन् ।

प्रतियोगिताको उद्घाटनको दौरान भएको मार्चपासमा नेपालको झण्डा १० औं दक्षिण एसियाली खेलकुदमा एक मात्र स्वर्ण विजेता भारोत्तोलनका कमल बहादुर अधिकारीले बोकेका थिए ।

नेपाली टोलीको नेतृत्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विकले गरेका थिए । यस्तै नेपालका सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट रहेका छन् ।

तपाईको प्रतिक्रिया