Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – विनोद भण्डारी र सागर पुनलाई राख्दै एसिया कप छनोट खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर सागर पुनले कमब्याक गरेका हुन् ।

बाँकी १३ खेलाडी भने नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेल्ने टोलीमा रहेका खेलाडी नै छन् । उक्त सिरिज खेल्ने टोलीमा रहेकामध्ये शक्ति गौचनले सन्यास घोषणा गरिसकेक भने शरद चोटका कारण क्याम्पमा नै परेका थिएनन् । विनोद र सागरले २०१७ डिसेम्वरमा डब्लुसिएलअन्तर्गत युएईसँग खेलेयता राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । निरन्तर खराब प्रदर्शन गरेपछि नामिबियामा गत फेब्रुअरीमा भएको डिभिजन टू देखि यी दुई खेलाडी टिम बाहिर थिए ।

यस्तै क्याम्पमा परेका प्रदिप ऐरी, सुनिल धमला, किशोर महतो र सुशन भारी भने वैकल्पिक सूचीमा छन् । नेपालले यही अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म मलेसियामा हुने एसिया कपमा युएई, हङकङ, ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । राउण्ड रोविनपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ र विजेताले एसिया कप खेल्न पाउनेछ । नेपाली टोली आगामी सोमवार ३ अभ्यास खेल खेल्न श्रीलंका प्रस्थान गर्नेछ । अभ्यास खेलपछि टोली त्यतैबाट अगष्ट २७ मा मलेसिया जानेछ ।

नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उपकप्तान)

बसन्त रेग्मी

सोमपाल कामी

सुबास खकुरेल

बिनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

सन्दीप लामिछाने

करण केसी

ललित सिंह भण्डारी

अनिल कुमार शाह

ललित नारायण राजबंशी

सागर पुन

मोहम्मद आरिफ शेख

रोहित कुमार पौडेल

बैकल्पिक खेलाडी

किशोर महतो

प्रदिप ऐरी

सुनिल धमला

सुशन भारी

तपाईको प्रतिक्रिया