Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले पूर्व ब्याट्सम्यान नासिर जम्सेदलाई १० वर्षको प्रतिबन्ध लगाएको छ । पाकिस्तान सुपर लिगमा स्पट फिक्सिङमा संलग्न भएको भन्दै पीसीबीले उनलाई १० वर्षका लागि कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

पाकिस्तानका लागि ४८ एक दिवसीय र दुईवटा टेस्ट खेलेका जम्सेदलाई अघिल्लो वर्षको फेब्रुअरीमा पीसीबीले अनुशन्धानमा सहयोग नगरेको भन्दै एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

पीसीबीका कानुन सल्लाहकार तफजुल रिज्भीले जम्सेद स्पट फिक्सिङ प्रकरणको ‘खतरनाक’ व्यक्ति भएको बताएका छन् ।

‘नासिर जम्सेदको दोष प्रमाणित भएको छ र उनलाई १० वर्षको प्रतिबन्ध लगाइएको छ । त्यस समयमा उनी कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन पाउने छैनन्,’ रिज्भीले संचारकर्मीलाई भनेका छन् ।

पाकिस्तान सुपर लिगको पहिलो दुई संस्करणमा उनले सहभागिता जनाएका थिएनन् । तर गत वर्षको संस्करणमा स्पट फिक्सिङ गराउन उनको भूमिका सबैभन्दा ठूलो थियो ।

यस प्रकरणमा संलग्न ब्याट्सम्यानद्वय शार्जिल खान र खालिद लतिफलाई भने पाँच वर्षको प्रतिबन्ध लागेको छ । यस्तै पाकिस्तान क्रिकेट बोर्डले तीव्र गतिका बलर मोहम्मद इर्फानलाई एक वर्ष र अलराउण्डर मोहम्मद नवाजलाई दुई महिनाको प्रतिबन्ध लगाएको छ ।

तपाईको प्रतिक्रिया