Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – ईण्डोनेसियामा भोलि सुरु हुने १८ औँ एसियाली खेलकुदका लागि राजधानी जाकार्तासहित खेल हुने स्थानको सुरक्षा व्यवस्था  कडा पारिएको छ ।

भोलिबाट सुरु हुने एसियाली खेलकुदका लागि राजधानी जाकार्तासहित पालेम्वाङ शहरको सुरक्षा व्यवस्था बढाइएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

एसियाडका लागि ईण्डोनेसिया सरकारले झण्डै १ लाख सुरक्षाकर्मी परिचालन गरेको छ भने त्यत्तिकै संख्यामा शसस्त्र सुरक्षा फौजलाई तयारी अबस्थामा राखेको छ ।

प्रतियोगितामा ४५ मुलुकका झण्डै १२ हजार खेलाडी र ५ हजार खेल पदाधिकारीको सहभागीता रहनेछ । विभिन्न मुलुकबाट खेलाडी तथा पदाधिकारी जाकार्ता पुग्ने क्रमसँगै त्यहाँको सुरक्षा मजबुती बढाईएको ईण्डोनेसियाली समाचार संस्थाहरुले जनाएका छन् ।

ईनर्जी अफ एसिया नारा दिइएको १८ आँै एसियाडमा ४० खेलका ४ सय ६५ ईभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया