Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – जो कोही महिलालाई पनि महिनावारीमा असन्तुलन हुन सक्छ । यस्तो अवस्थामा प्रायः महिला चिन्तित हुन्छन् । तर, सामान्य घरेलु उपायबाट पनि यसको समाधान गर्न सकिन्छ ।

यसका लागि मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुनेगर्छ ।

मुला, भटमास, मेथी, गाजरको मिश्रणबाट जुस बनाई पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।

गुँड र तिलको लड्डुको प्रयोग गर्दा पनि महिनावारीको अनियमिततालाई नियमिततामा ल्याउन सक्छ ।

महिनावारीमा विभिन्न समस्या आउँछ र एकाग्रता हुँदैन भने अनारको बोक्राको सहारा लिन सक्नुहुन्छ । यसका लागि बोक्रा सुकाई पिसेर पानीसँग एक चम्चा पिउनुपर्छ । यसले आराम पनि प्रदान गर्छ । ***

तपाईको प्रतिक्रिया