Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसियाली खेलकुदको इतिहासमा जापान र चीन शक्तिशाली राष्ट्रमा दरिएका छन् । एसियाडको १८ औं संस्करण आइपुग्दा दुवै राष्ट्रले २-२ पल्ट एसियाको कुम्भखेल मेला आयोजना गरिसकेका छन् । जापानले १९५८ को टोकियो र १९९४ को हिरोशिमा एसियाड आयोजना गरेका छन् भने चीनले १९९० को बेइजिङ र २०१० ग्वाङझाउमा ।

एसियाडमा जापानको सहभागिता सुरुआतदेखि नै रहे पनि चीन भने १९७४ को तेहरान एसियाडबाट एसियाली खेलकुदमा छिरेको हो । अहिलेसम्म यी दुई राष्ट्रमात्र पदकका हिसाबमा अब्बल स्थानमा रहेका छन् । पहिलोदेखि आठौं संस्करण (नयाँदिल्ली १९५१ देखि बैंकक १९७८) सम्म जापानले वर्चस्व जमाएको थियो भने त्यसपछि चीनलाई पछाडि पार्ने कुनै राष्ट्र निस्किएको छैन । जापानको उत्कृष्ट प्रदर्शन भनेको १९६६ को बैंकक एसियाड हो, जहाँ ७८ स्वर्ण, ५३ रजत र ३३ कांस्य पदक जितेको थियो । जापानमात्र एक्लो राष्ट्र हो, जसले हरेक संस्करणमा २० भन्दा बढी स्वर्ण पदक जितेको छ ।

तर चीनले आफूले आयोजना गरेका दुवै संस्करणमा जापानलाई नराम्ररी पछाडि पार्‍यो । सन् २०१० को ग्वाङझाउ एसियाली खेलकुदमा चीन १९९ स्वर्णसहित अगाडि थियो । १ हजार ५ सय ७७ पदकलाई प्रतिस्पर्धा हुँदा चीनले थप ११९ रजत र ९८ कांस्य पदक जितेको थियो । जहाँ ४५ राष्ट्रका ९ हजार ७ सय ४ खेलाडीले ४२ वटा खेलमा सहभागिता जनाएका थिए । बेइजिङमा भने चीनले १८३ स्वर्ण जितेको थियो । पछिल्लो इन्चोन एसियाडमा चिनियाँ खेलाडीले १९९ स्वर्ण, १०९ रजत र ८५ कांस्य पदक जितेर चीनलाई पदकतालिकाको शीर्षस्थान राखेका थि । जापान भने तेस्रो स्थानमा थियो । एसियाली खेलकुद फन्को मार्दै सन् १९८२ मा फेरि जन्मस्थल भारतको नयाँ दिल्ली फर्कियो, तब चिनियाँ शक्तिको उदय भएको हो । चीनले दिल्ली फर्किएको नवौं संस्करणमा प्रभावशाली जापानलाई पदक तालिकामा पछाडि पारेको थियो ।

१८ औं संस्करणसम्म आइपुग्दा चीन १३५५ स्वर्णसहित कुल २९७६ पदकसाथ शीर्षस्थानमा छ । ५५७ स्वर्णसहित २८५८ पदकसहित जापान दोस्रो तथा तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ६९७ स्वर्णसहित कुल २०४८ पदक जितेको छ । समग्र पदकतालिकाको टपटेनभित्र पर्ने चार राष्ट्र इरान, भारत, काजकिस्तान र थाइल्यान्डले मात्र १ सयभन्दा बढी स्वर्ण पदक जितेका छन् । यसपल्टको आयोजक इन्डोनेसियाले ९१ स्वर्णसहित आठौं स्थानमा छ । सबैभन्दा धेरै चारपल्ट आयोजक बनेको थाइल्यान्डले १२१ स्वर्णसहित कुल ५१२ पदक जितेर सातौं स्थान ओगेको छ । एसियाडको जन्मदाता भारतको खातामा १३९ स्वर्ण छ ।

नेपालको स्वर्णबिहिन सहभागिता
चारवर्षे चक्र पार गर्ने एसियाडले ६७ वर्षे इतिहास छोइसकेको छ । नेपालले पहिलो संस्करण सन् १९५१ दिल्लीदेखि नै सहभागिता जनाएको थियो । १८ औं संस्करणको सेरोफेरोमा आइपुग्दा नेपालले दुई संस्करणमा भाग लिएको छैन । त्यो थियो, १९५४ को मनिला र १९६२ को जकार्ता एसियाड ।

एसियाडको इतिहास जति पुरानो छ, नेपालको सहभागिता पनि उत्तिकै पुरानो हो। ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) सँग आबद्ध देशले भाग लिन पाउने एसियाडमा नेपाल एक सक्रिय टोलीमा पर्दछ। पहिलो संस्करणमा ११ राष्ट्रले भाग लिँदा त्यसमा नेपाल पनि थियो । एसियाडमा नेपालको सहभागिता इतिहास गौरवशाली भए पनि पदक आधार मान्ने हो भने सन्तोष गर्ने ठाउँ छैन । नेपाली खेलाडीले कुल १५ संस्करण खेल्दासम्म एउटै स्वर्ण पदक जित्न सकेका छैनन् । नेपालले उत्कृष्ट प्रदर्शनको रूपमा बैंकक एसियाड, १९९८ रह्यो। जहाँ नेपालले एक रजत र तीन कांस्य पदक जितेको थियो ।

जकार्ता र पालेम्बाङमा आउँदो शनिबार सुरु हुने १८ औं संस्करणमा भने नेपालले २९ खेलमा १ सय ८५ खेलाडीलाई सहभागिता गराउँदै छ । ४५ देशका करिब १० हजार खेलाडीलाई आतिथ्यता दिँदा उनीहरूले विभिन्न ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् । –कान्तिपुरबाट 
तपाईको प्रतिक्रिया