Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एक दशकअघि नै बनिसक्नुपर्ने मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुआब्जा विवाद सुल्झिएको छ । मैदानको बीचभागमा पर्ने ५२ आना जग्गाको सट्टा जग्गा नै दिने निर्णय मन्त्रिपरिषद्ले गरेपछि लामो समयदेखिको विवाद टुंगिएको हो ।

मन्त्रिपरिषद्को हालैको बैठकले जग्गा धनीलाई मुलपानी क्रिकेट मैदान परिसरमै जग्गा दिने निर्णय गरेपछि विवाद समाधान भएको राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयाे । ‘लामो समयदेखि विवाद समाधान नहुँदा मैदान निर्माणको काम रोकिएको थियो । मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै अन्तर्राष्ट्रिय क्रिकेट मैदानले गति लिने भएको छ’ प्रेस सल्लाहकार दाहालले भन्नुभयाे ।

यसअघि चलनचल्तीको मूल्यमा जग्गा बिक्री गर्न जग्गाधनीलाई पटकपटक आग्रह गर्दा पनि जग्गा धनीले बेच्न मानेका थिएनन् । उनीहरुले जग्गाको सट्टा जग्गा नै चाहिने अडान राखेपछि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य रोकिएको थियो ।

तपाईको प्रतिक्रिया